नेपाल र जोर्डनबीचको खेल आज हुने • Image Khabar Image Khabar


नेपाल र जोर्डनबीचको खेल आज हुने


Imagekhabar
२४ जेष्ठ २०७८, सोमबार ०७:२९

नेपाल र जोर्डनबीचको खेल आज हुने

काठमाडौं । फिफा विश्वकप सन् २०२२ तथा एसियन कप सन् २०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले आज जोर्डनसँग खेल्दैछ ।

खेल राति पौने १० बजे कुवेतको कुवेत सिटीमा रहेको जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा हुनेछ ।

यसअघि नेपालले चाइनिज ताइपेईमाथि २–० गोलको जित निकालेको थियो ।

आज पनि उच्च मनोबलका साथ मैदानमा उत्रने तयारी भएको नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले बताउनुभएको छ ।

चाइनिज ताइपेईलाई हराउनुअघि इराकसँगको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ गोल अन्तरले पराजित भएको थियो ।

जोर्डन पनि आज नेपाललाई हराएर विश्वकपमा छनोट हुने आशा जीवित राख्न चाहन्छ ।

नेपालले अब आगामी शुक्रवार अष्ट्रेलियासँग खेल्नेछ । छनोटको समूह ‘बी’ मा रहेको नेपालले ६ खेलमा ६ अंक जोडेको छ ।

नेपाल तालिकाको चौथो स्थानमा रहेको छ । जोर्डन ५ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्