जर्मन सहयोग र ईयुको संयोजनमा ११२ थान भेन्टिलेटरसहित स्वास्थ्य सामाग्री नेपाल आइपुग्यो • Image Khabar Image Khabar


जर्मन सहयोग र ईयुको संयोजनमा ११२ थान भेन्टिलेटरसहित स्वास्थ्य सामाग्री नेपाल आइपुग्यो


Imagekhabar
२५ जेष्ठ २०७८, मंगलवार १६:१५

जर्मन सहयोग र ईयुको संयोजनमा ११२ थान भेन्टिलेटरसहित स्वास्थ्य सामाग्री नेपाल आइपुग्यो

काठमाडौं, जेठ २५ । युरोपियन युनियन (ईयु)को संयोजनमा कोरोना भाइरसविरुद्ध लड्न स्वास्थ्य सामग्रीहरु नेपाल आइपुगेको छ ।

मंगलबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सामग्रीहरु आइपुगेको हो ।

जर्मन नागरिकहरुले आपतकालीन सहयोग स्वरूप सो स्वास्थ्य सामग्रीहरु नेपाललाई उपलब्ध गराएको हो ।

ईयुको सिविल प्रोटेक्शन मेकानिजमेन्ट मार्फत ईयुको संयुक्त सहायता मिशनको एक हिस्साको रूपमा उक्त सामग्रीहरु नेपालमा आएको हो ।

जसमा ११२ थान भेन्टिलेटर, २० लाख ६८ हजार ५ सय, के ९५ मास्क, २९ हजार पल्स अक्सिमिटर, ३४ लाख ३० हजार सर्जिकल मास्क, ५ थान आईसोलेशन टेन्ट, ५ सय गम बुट, २५ हजार लिटर हाण्ड स्यानिटाईजर र अन्य सामानहरू रहेका छन् ।

सबै सामाग्रीहरू इलेक्ट्रोनिक लजिष्टिक प्रबन्धन सूचना प्रणालीमा सूचीबद्ध भएको ईयुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्