नेपाली चलचित्र महोत्सव वीरगन्जमा सुरु

news

वीरगन्ज । तीनदिने नेपाली चलचित्र महोत्सव आजबाट वीरगन्जमा सुरु भएको छ ।

‘तराई, पहाड, हिमालको उत्सव नेपाली चलचित्रको स्वर्णिम महोत्सव’ भन्ने मूलनाराका साथ सुरु भएको महोत्सवमा नेपाली र भोजपुरी भाषाका गरी ६ वटा चलचित्र प्रदर्शन गरिने आयोजक समितिका संयोजक विमल पौडेलले जानकारी दिए ।

महोत्सव शुभारम्भ पूर्व आज वीरगन्जमा झाँकीसहित र्‍याली निकालिएको छ ।

नेपाली भूमीमा चलचित्र निर्माण थालिएको ५३औँ वर्ष पुगेको अबसरमा नेपाल चलचित्र निर्माता संघले आयोजना गरेको महोत्सवले तराई–मधेशमा लुकेर बसेका पात्रलाई मूलधारमा ल्याउने विश्वास आयोजकको छ ।

चलचित्र महोत्सवमा नेपाली सिने जगतका नयाँदेखि पुराना कलाकार सहभागी भएका छन् ।

महोत्सवको औपचारिक उद्घाटन भने राष्ट्रपति बिद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ । 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...