स्रोत नखुलेको ३० लाखसहित दुई भारतीय नागरिक पक्राउ • Image Khabar Image Khabar


स्रोत नखुलेको ३० लाखसहित दुई भारतीय नागरिक पक्राउ


Imagekhabar
२६ जेष्ठ २०७८, बुधबार १४:४८

स्रोत नखुलेको ३० लाखसहित दुई भारतीय नागरिक पक्राउ

रौतहट । स्रोत नखुलेको ३० लाख रुपैयाँसहित रौतहट प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला घोडासहनका २२ वर्षीय बन्टीकुमार कलवार र २० वर्षीय सुरज कलवार रहेका छन् ।

स्रोत नखुलेको ३० लाखसहित दुई भारतीय नागरिक पक्राउ

भारतबाट नेपाल आउँदै गरेका उनीहरूको जाँचको क्रममा परोहा नगरपालिका–९ रामपुरखापमा उनीहरूबाट ३० लाख ७६ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरू बी आर ०५ आर ४५२१ नम्बरको मोटरसाइकलमा नेपाल प्रवेश गर्न लागेका थिए ।

प्रतिक्रिया दिनुहोस्