चोभारबाट पेस्तोल र गोलीसहित तीनजना पक्राउ

news

 काठमाडौं, कात्तिक २१ । नेपाल प्रहरीले पेस्तोल र गोलीसहित तीनजनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले दक्षिणकाली नगरपालिका चोभारबाट पेस्तोल र गोलीसहित मनोज बस्नेत, देवेन्द्र भण्डारी र सुमन खड्कालाई आज दिउँसो पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले युएस मेड लेखेको पेस्तोल र पाँच राउण्ड गोलीसहित पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेका व्यक्तिको अन्य परिचय भने खुल्न बाँकी रहेको थापाले बताए । घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...