चुरिया माताको पूजाले मात्रै चुरे संरक्षण हुँदैन : पूर्वराष्ट्रपति

news

जनकपुर, कात्तिक २३ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले सरकारीस्तरबाट चुरे संरक्षणको पहल नहुँदा मधेसमा संकट निम्तिएको बताएका छन् ।

शनिबार जनकपुरमा सुरु भएको साहित्यिक महोत्सवमा बोल्दै पूर्वराष्ट्रपति यादवले वन र चुरे क्षेत्रको विनासले अन्नको भन्डार मधेसमा सुक्खा र खडेरीको समस्या भयावह बन्दै गएको धारणा राखे ।

राजनीतिक दलसित आबद्ध ठेकेदारले चुरेसँग जोडिएका नदीनाला उत्खनन् गरिरहेको भन्दै उनले चुरिया माताको पूजाले मात्रै चुरे संरक्षण नहुने टिप्पणी गरे ।

चारकोशे झाडी जोगाउनुपर्नेमा जोड

कार्यक्रममा सत्तारुढ दल नेकपाका नेता माधवकुमार नेपालले विकासको अल्पकालीन सोचले गर्दा चुरे संरक्षण चुनौतीपूर्ण बन्दै गएको धारणा राखे ।

मनपरी उत्खनन् रोकी चारकोशे झाडी जोगाउनुपर्नेमा जोड दिँदै चुरेलाई अभिसाप बनाउने काम भएको उनको भनाइ थियो ।

गुनासो

सोही अवसरमा प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले प्रदेश–२ मा फरक पार्टीको सरकारका कारण समान व्यवहार गर्न नसकेको आरोप लगाए ।

उनले बजेटदेखि अरु सुविधा उपलब्ध गराउने काममा प्रदेश–२ को सरकारसँग बेइमानी भइरहेको गुनासो गरे ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...