१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


जापानमा पहिरामा परेर २० जना बेपत्ता, दुई जनाको शव भेटियो


0
Shares

एजेन्सी । जापानको आतामी शहरमा भारी वर्षासँगै आएको पहिरोमा परेर २० जना बेपत्ता भएका छन् ।

लेदोसहित खसेको पहिरोले उक्त क्षेत्रमा रहेका थुप्रै घरमा क्षति पुर्‍याएको छ । पहिरोमा परेर मृत्यु भएका दुई जनाको शव फेला परेको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

जापानी प्रधानमन्त्री योसिहिदो सुगाले घटनाप्रति दुःख व्यक्त गर्दै तत्काल उद्दार तथा राहतमा जुट्न सुरक्षाकर्मीहरूलाई निर्देशन दिनुभएको छ ।

शिजुओका प्रान्तको अतामीमा जुलाइको पहिलो तीन दिनमा अधिक मात्रामा सक्रिय देखिएको मौसम छिमेकी कानगावा प्रान्तमा पनि पुगेको छ । प्रभावितको उद्धारमा सुरक्षाकर्मीसहित स्थानीय पनि सक्रिय रुपमा लागेका छन् ।

तल्लो तटिय क्षेत्र शिजोका, कानगावा र चिबाका बासिन्दालाई बाढीबाट हुन सक्ने सम्भावित क्षतिलाई मध्यनजर गर्दै सुरक्षित स्थानमा स्थानान्तरण हुन निर्देशन दिनुभएको छ ।