
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल सहितका चार छिमेकी मुलुकहरूलाई सुख–दुःखको साथी भएको बताउनुभएको छ ।
शनिबार एक ट्विट गर्दै मोदीले नेपालसहित भुटान, माल्दिभ्स, मरिसस भारतको छिमेकी मुलुक मात्र नभएर आफूहरूको सोच र सामाजिक रीतिरिवाजमा पनि धेरै समानता रहेको उल्लेख गरेका छन् ।
उहाँले लेख्नुभएको छ, ‘हामी सुख–दुःखका साथी हौँ ।’
छिमेकी मुलुकहरुमा आइपर्ने आपत्–विपतमा सबैभन्दा पहिला आफूहरूले नै एकार्कोलाई मद्दत गर्ने गरेको उहाँको भनाइ छ ।
भूटान हो, नेपाल हो, मालदीव हो, मॉरीशस हो, हम सभी सिर्फ पड़ोसी ही नहीं हैं, बल्कि हमारी सोच और सामाजिक तानेबाने में भी बहुत समानता है।
— PMO India (@PMOIndia) July 31, 2021
हम सभी सुख-दुख के साथी हैं।
जब भी कोई आपदा आती है, विपत्ति आती है, तो सबसे पहले हम ही एक दूसरे की मदद करते हैं: PM @narendramodi
प्रतिक्रिया दिनुहोस्