सुदूरपश्चिम प्रदेशमा मंसिर २० गते वित्तीय सम्मेलन

news

कैलाली, मंसिर १६ । सुदूरपश्चिम प्रदेशमा मंसिर २० गते वित्तीय सम्मेलन आयोजना गरिने भएको छ ।

वित्तीय पहुँचको सुनिश्चीतता प्रदेश सरकारको प्रतिबद्धता भन्ने नाराका साथ आर्थिक मामिला तथा योजना मन्त्रालयले वित्तीय सम्मेलन आयोजना गर्ने भएको हो ।

प्रदेशका ठूला आयोजना तथा उद्योगका लागि लगानी जुटाउन प्रदेश सरकारले वित्तीय सम्मेलन गर्ने योजना बनाएको हो ।

वित्तीय पहुँच वृद्धिकालागि सचेतनामार्फत प्रदेशमा आर्थिक क्रियाकलाप बढाइ आर्थिक विकास गर्ने लक्ष्यले पहिलो पटक वित्तीय सम्मेलन आयोजना गर्न लागिएको प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले जानकारी दिए । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...