कुवेतमा अलपत्र नेपालीलाई फर्काउन कठिन, ‘भिसा स्टाटस’ अवैधानिक

news

काठमाडौं । कुवेतस्थित ‘अल मन्सुर इन्टरनेसनल ग्रुप अफ कम्पनी’ मा कार्यरत २१ नेपाली कामदारलाई उद्धार गरी स्वेदश फर्काउन नेपाली दुताबासले गरेको प्रयास प्रभावकारी हुन सकेको छैन ।

कामदारको ‘भिसा स्टाटस’ अवैधानिक भैसकेकाले उनीहरुलाई वैधानिक रुपमा फर्काउन ठूलो रकम जरिवाना तिर्नुपर्छ ।

उनीहरु कुवेत अध्यागमनको कालोसूचीमा छन् । दुताबासले भिसा स्टाटस वैधानिक बनाएर कालोसूचीबाट हटाउन पहल गरिरहेको छ ।

कामदारले कम्पनीका कारण आफूहरु अवैधानिक हैसियतमा बस्नुपरेको भन्दै बैधानिक रुपमै फर्कन पाउनुपर्ने बताउँदै आएका छन् । -कान्तिपुर दैनिकबाट

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...