वैदेशिक रोजगार विभागले मागपत्र प्रमाणीकरण सुरु गर्दै

news
भीष्मकुमार भुसाल ।

काठमाडौं, मंसिर १७ । वैदेशिक रोजगार विभागले श्रमिकको मात्रपत्र प्रमाणीकरणको थालनी गर्ने भएको छ ।

विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले सम्झौताअनुसार काम तथा पारिश्रमिक नपाइ ठगिने समस्या रोक्न मागपत्र प्रमाणीकरणको कार्य सुरु गर्न लागेको जनाएको हो ।

कुनैपनि श्रमिक वैदेशिक रोजगारीमा जानुअगावै सम्झौताअनुसारको काम हो वा होइन भनी उक्त देशको दूतावासबाट मागपत्र प्रमाणीकरण गर्र्ने व्यवस्था विभागले गर्न लागेको जनाएको हो ।

कामदारलाई ठगीबाट जोगिन यस्तो व्यवस्था गर्न लागेको विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले जानकारी दिए ।

पछिल्लो समय वैदेशिक रोजगारीका नाममा अमेरिका, क्यानडा, पोल्यान्ड, चेक रिपब्लिकजस्ता मुलुक जान खोज्नेहरु ठूलो रकमको ठगीमा पर्ने प्रवृत्ति बढ्दै गएको छ ।

यो समस्या न्यूनीकरणका लागि विभागले काम गरिरहेको डा. भुसालले जानकारी दिए ।

वैदेशिक रोजगार विभागले चालू आर्थिक वर्षमा विभागमा उजुरी गर्नेको संख्या घटेको जनाएको छ ।

विभागले चालू आर्थिक वर्षको चार महिनामा परेका ५०२ ओटा उजुरीमध्ये ४८४ उजुरीको फरफारक गरेको पनि जनाएको छ ।

विभागकाअनुसार अघिल्लो वर्षको यसै अवधिमा ६०० बढी उजुरी परेको थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...