दुई बर्षदेखि प्रेममा रहेकी नायिका ऋचा शर्माले विहे गरिन

news

काठमाडौं । अभिनेत्री ऋचा शर्मा शनिबार बैबाहिक जीवनमा बाँधिएकी छन् । प्रेमी दिपेक्ष विक्रम राणासँग उनले विवाह गरेकी हुन् ।

दुई वर्ष लामो प्रेम सम्बन्धलाई ऋचा र दिपेक्षले विवाहमा परिणत गरेका हुन् । दिपेक्ष लबिम मलका म्यानेजर हुन् ।

उनीहरुको विवाह समारोहमा दुबै पक्षका परिवार र केही निकट फिल्मकर्मीहरुको उपस्थिति थियो ।

दुलहीको भेषमा सजिएकी ऋचाले श्रीमानको हात समातेको तस्विर साझेदार गर्दै फेसबुकमा लेखेकी छन्, ‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि आर्शिवाद सदैब यसरी नै मिलोस् ।’

तस्विरमा ऋचा र दिपेक्षलाई खुसी मुद्रामा देख्न सकिन्छ । विवाहको एक महिना अगाडि ऋचाले पोखरामा आफ्ना केही नजिकका साथीहरुलाई ब्याचलर पार्टी दिएकी थिइन् ।

उनको ब्याचलर पार्टीमा अभिनेत्री प्रियंका कार्की, केकी अधिकारी, फेसन डिजाइनर सिवांगी प्रधानलगायत सहभागी थिए ।

जीवन्त अभिनयका कारण चर्चित बनेकी ऋचाले हालैमात्र फिल्म ‘हिजो आजका कुरा’ को छायांकन सकाएकी थिइन । ऋचा अहिले कमेडी शो ‘कमेडी च्याम्पियन’ मा व्यस्त छिन् । 

 

 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...