१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


विवादपछि उद्योग मन्त्री हमालद्वारा राजीनामा घोषणा


0
Shares

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ ।

नेपाली कांग्रेस र आफूलाई अनावश्यक विवादमा तानिएको भन्दै मन्त्री हमालले राजीनामा दिन घोषणा गर्नुभएको हो ।

‘४५ वर्ष कांग्रेसमा योगदान पुर्‍याएको व्यक्तिलाई अनावश्यक विवादमा तानियो,’ उहाँले भन्नुभयो, ‘आजै प्रधानमन्त्री समक्ष राजीनामा बुझाउँछु ।’

हमाललाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेको छ । यद्यपि सर्वोच्च अदालत, र सत्तारुढ दलका नेताहरूले भने आरोपको खण्डन गर्दै आएका छन् ।

हमाल प्रधान्यायाधीश राणाका जेठान हुनुहुन्छ ।