
डडेल्धुरा । अविरल वर्षाले मुहान बगाएपछि डडेल्धुरा सदरमुकाममा खानेपानीको हाहाकार भएको छ ।
सदरमुकाममा रहेको खलंगा खानेपानी ट्याङ्कीमा आउने खानेपानीको मूल बाढीले बगाएपछि खानेपानीको हाहाकार भएको हो ।
६ दिनदेखि पानी नआउँदा सदरमुकामका करिब २ हजार घरधुरी खानेपानीबाट बञ्चित भएका छन् । पानीको मुहान मर्मतसम्भारका लागि खलंगा खानेपानी तथा सरसफाई उपभोक्ता समिति र सुरक्षा निकायसहितको टोलीले प्रयास गरिरहेको छ ।
पहिरोले पाइप पुरेकाले मर्मतमा अझै समय लाग्न सक्ने समितिले जनाएको छ । सदरमुकामबाट ६ घण्टाको दूरीमा रहेको अनार्वे, मतरे खोला र लामासिंह खोलाको मुहानसम्म पुग्ने बाटो पनि अवरुद्ध भएको छ ।
प्रतिक्रिया दिनुहोस्