
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय जनगणना २०७८’ को औपचारिक सुरुवात गर्नुभएको छ ।
बिहीबार बिहान शीतल निवासमा पुगेको गणकको टोलीलाई राष्ट्रपति भण्डारीले आफ्नो परिवारको तथ्यांक उपलब्ध गराउँदै ‘राष्ट्रिय जनगणना २०७८’ को औपचारिक शुरुवात गर्नुभएको हो ।
राष्ट्रपति भण्डारीको पहिलो विवरण संकलन गर्दै देशभर १२औं राष्ट्रिय जनगणना सुरु भएको हो । राष्ट्रपतिको जनगणनाका लागि शीतल निवास पुगेका गणकहरूले सोधेको प्रश्नको उत्तर राष्ट्रपति स्वयंले दिनुभएको थियो ।
केन्द्रीस्य तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठसहितको टोली बुधबार बिहान राष्ट्रपति निवासमा पुग्नुभएको थियो ।
जनगणनाको प्रश्नावलीमा ८० वटा प्रश्नहरू समावेश गरिएको छ । देशभर गणकहरू जनताका घर–घरमा पुगेर जनगणना गरिरहेका छन् ।
‘मेरो जनगणना मेरो सहभागिता’ नारासहित आजदेखि शुरु भएको जनगणना मंसिर ९ गते सकिँदैछ । देशभरको जनगणना गर्न ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षक खटाइएको छ ।
प्रतिक्रिया दिनुहोस्