वाग्मतीपीडितलाई मुआब्जा दिन कृषि समितिको निर्देशन

news

काठमाडौं, पुस २९ । संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले वाग्मती आयोजनाप्रभावितलाई मुआब्जा उपलब्ध गराउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

कृषि तथा प्राकृतिक स्रोत समितिको मंगलबार बसेको बैठकमा समिति सभापति पूर्णकुमारी सुवेदीले सहरी विकास मन्त्रालयलाई आयोजना क्षेत्रमा प्रभावित पहिचान गरी उनीहरुलाई मुआब्जा उपलब्ध गराउन निर्देशन दिएकी हुन् ।

वाग्मती नदी क्षेत्रका स्थानीयले लामो समयदेखि मुआब्जा माग गर्दै आएका छन् ।

समितिको निर्देशनपश्चात् पीडितले आफ्नो लालपुर्जाका आधारमा मुआब्जा पाउने सुवेदीले जानकारी दिइन् ।

वाग्मतीपीडित संघर्ष समिति अध्यक्ष निरन्जन पुडासैनीले तत्काल मुआब्जा पाउनुपर्ने बताए ।

सांसदहरुले पीडित स्थानीयहरुको माग सम्बोधन गरी परियोजना समयमै अघि बढाउन सु्झाव दिएका थिए ।

स्थानीयहरुले १८८ रोपनी जग्गाको मुआब्जा पाउनुपर्ने माग राख्दै आएका छन् ।

‘एडीबी’को सहयोगमा सन्चालित वाग्मती ‘ब्यूटिफिकेसन’ आयोजनाकोे ३० प्रतिशतमात्रै काम बाँकी रहँदा मुआब्जाको समस्याले अवरोध हुँदै आएको छ । परियोजनाको म्याद आगामी डिसेम्बरमा सकिँदै छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...