सुनको मूल्य वृद्धि

news

काठमाडौं, माघ १ । निकै उतार चढावकाबीच कारोबार हुँदै आएको सुनको मूल्यमा बुधबार सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्यमा प्रतितोला ७०० रुपैयाँले वृद्धि भएको छ ।

महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला ७४ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ४०० रुपैयाँ तोकेको छ । मङ्गलबार छापावाला सुन प्रतितोला ७४ हजार र तेजाबी सुन प्रतितोला ७३ हजार ७०० रुपैयाँ मा खरिदबिक्री भएको थियो ।

गत बधुबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो । सो दिन छापावाला सुनको मूल्य प्रतितोला  ७६ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ७६ हजार २०० रुपैयाँ पुगेको थियो ।

सुनको मूल्य बढेसँगै चाँदीको मूल्यमा पनि प्रतितोला रु पाँचले वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला ८ सय ८५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ ।

पछिल्लो समय मध्यपूर्वमा देखिएको तनाव, चीन–अमेरिका व्यापार युद्धका कारण सुनको मूल्यमा उतारचढाव देखिदै आएको छ । रासस 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...