
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको बारेमा अनावश्यक हल्ला फिजाइएको भन्दै चिन्ता व्यक्त गरेको छ । डब्ुलएचओले कोरोना संक्रमणको अवस्था अघिल्लो वर्षको जस्तै रहेकाले सचेत हुन आग्रह गरेको छ ।
पछिल्ला केही दिनयता ओमिक्रोनका बारेमा भ्रामक हल्ला फिजाइएकाले यसले आम सर्वसाधारणलाई आतंकित पाएको पनि डब्लुएचओले दावी गरेको छ ।
डब्लुएचओका शीर्ष वैज्ञानिक सौम्या स्वामीनाथले ओमिकर्न विश्वका ४० देशमा पुगिसकेकाले अनावश्यक हल्लाको पछि लाग्नुभन्दै स्वास्थका मापदण्ड पालना गर्नु उत्तम हुने बताउनुभयो । उहाँले कोरोनाको नयाँ स्वरुपमा देखा परेको ओमिक्रोनविरुद्ध खोप लगाउन पनि आग्रह गर्नुभएको छ ।
दक्षिण अफ्रिकाबाट सुरु भएको भनिएको ओमिक्रोन अघिल्लो वर्षको कोरोनाकै परिवर्तित स्वरुप भएकाले स्वास्थ्य सावधानी अपनाउनु महत्वपूर्ण हुने डब्लुएचओको सुझाव छ । ओमिक्रोन फेला परेसँगै विश्वका विभिन्न देशले हवाइ तथा स्थल यातायातमा प्रतिवन्ध लगाउनुका साथै सार्वजनिक स्थलमा जथाभावी नजान पनि आग्रह गरेका छन् ।
त्यसैगरी अन्तर्राष्ट्रिय यात्रुहरुलाई यात्रा गर्नु भन्दा एक दिनअघि कोरोना परीक्षण गर्न पनि विभिन्न देशले आग्रह गरेका छन् । भारतमा पनि दुई जनामा ओमिक्रोन संक्रमित फेला परेको समाचारमा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्