बलिउडमा चम्किदै अदिती बुढाथोकी, सन्नी लियोनीसँग तुलना !

news

काठमाडौं । नेपाली फिल्म ‘कृ’मा अनमोल केसीको जोडीको रुपमा डेब्यू गरेकी अदिती बुढाथोकी बलिउडमा चम्किन थालेकी छन् ।

भारतका चर्चित मिडियाहरुले उनको हट फोटो सुट र अभिनयलाई तारिफ गर्दै सामाग्रीहरु प्रकाशित गरिरहेका छन् ।

कतिपय मिडियाले उनलाई सनी लियोनीसँग तुलना गरेका छन् ।

केही समय अघि ‘एबिपी न्युज’ अनलाइनले उनको नाम सन्नी लियोनीसँग जोड्दै चर्चा गरेको थियो ।

एबिपीले ‘सन्नी लियोनी जस्तो बोल्ड हिरोइनलाई पनि माथ दिदै नेपाली हिरोइन’ भन्ने शीर्षकमा समाचार नै लेखेको थियो ।

पन्जावबाट मोडलिङ र म्युजिक भिडियोमा आफूलाई स्थापित गरेकी अदितीको करिब ६० वटा तस्वीर टाइम्स अफ इन्डियाले पनि सार्वजनिक गरेको छ ।

उनले इन्स्ट्राग्राममा पोष्ट गरेका कतिपय तस्वीरहरु भाइरल भइरहेका छन् ।

टाइम्स अफ इन्डियाले आफ्नो अनलाइनको फोटो ग्यालरीमा राखेका तस्वीरहरु पनि ट्रेन्डिङमा देखाएको छ ।

झापाको दमकमा जन्मिएकी अदिती फेसन डिजाईनर पुष्पा बुढाथोकीकी छोरी हुन ।

काठमाडौंको सिंनामंगल र मुम्बइमा बसेर संघर्ष गरिरहेकी उनको ५ फिट ५ इन्च उचाइ छ ।

केही समय अघि उनले पन्जावी म्यूजिक भिडियोमा पनि अभिनय गरेकी थिइन ।

 

 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...