
काठमाडौं । ठूलो पुरस्कार राशीको पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप ‘पीएमजीसी’को लिग फाइनलमा नेपाली टीम डि रियल सोल्जर ‘डिआरएस’ प्रवेश गरेको छ ।
नोभेम्बर ३० देखि डिसेम्बर १९सम्म जारी लिगमा उत्कृष्ट १६भित्र पर्दै डिआरएसले लिग फाइनलको यात्रा पक्का गरेको हो । लिग फाइनलमा नेपाल प्रन्धौं स्थानमा परेको थियो ।
नेपालबाट सहभागी अर्को टीम डेड आइज गाइज ‘डिई’ भने अठारौं स्थानमा परेपछि प्रतिस्पर्धाबाट बाहिरिएको छ ।
लिग चरणका फाइनल खेलहर्रू २२ डिसेम्बर अर्थात बुधबारदेखि देखि २४ डिसेम्बरसम्म हुने आयोजक क्राफ्टन र टेन्सेन्ट गेम्सले जनाएको छ ।
लिग चरणमा प्रथम हुने टोलीले ३ लाख ६२ हजार ५ सय डलर, दोस्रो हुनेले १ लाख ४५ हजार डलर र तेस्रो हुनेले ७२ हजार ५ सय डलर पाउनेछन् ।
यस्तै, प्रतियोगिता नै जित्नेले १५ लाख अमेरिकी डलर, दोस्रो हुनेले ६ लाख र तेस्रो हुनेले ३ लाख डलर पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल २१ देखि २३ जनवरीसम्म हुनेछ ।
प्रतिक्रिया दिनुहोस्