
काठमाडौं, पुष ७ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले ओमिक्रोन भेरियन्ट नियन्त्रणका लागि सरकार पूर्व तयारीमा बसेको बताउनुभएको छ ।
विश्वका एक सय भन्दा बढी देशमा फैलिएको ओमिक्रोनको लहर रोक्नका लागि सरकार तयारी अवस्थामा रहेको उहाँको भनाई छ ।
मन्त्रालयले बुधबार गरेको प्रेस ब्रिफिङ्मा मन्त्री खतिवडाले सम्भावित जोखिम नियन्त्रणका लागि आवश्यक तयारी भइरहेको बताउनुभयो ।
खोप अभियान सञ्चालन भइरहेको भन्दै उहाँले सबैले जतिसक्दो छिटो खोप लगाउन आग्रह गर्नुभयो ।
हवाई मार्ग तथा स्थलमार्गमा कडाई भईरहेको भन्दै उहाँले विश्व स्वास्थ्य संगठनले अनुमति दिएपछि पुषको अन्तिमदेखि बुस्टर जोड खोप दिने तयारी भएको बताउनुभयो । पहिलो चरणको बुस्टर खोप फ्रन्टलाईनमा खटिएकालाई दिने उहाँको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्