मुम्बइमा अजय देवगनको ‘तान्हाजी’ले राख्यो नयाँ रेकर्ड

news

काठमाडौं । बलिउड अभिनेता अजय देवगनको ‘तान्हाजी’ले मुम्बइमा नयाँ रेकर्ड कायम गरेको छ ।

रिलिजको चौथो हप्तामा पनि फिल्मले दर्शकको साथ उस्तै पाइरहेको छ ।

जनवरी १० बाट प्रदर्शनमा आएको ‘तान्हाजी’ले मुम्बई एरियामा मात्र ११८ करोडको व्यापार गरेर नयाँ रेकर्ड पनि राखेको छ ।

अजय देवगनको आफ्नो १०० औँ फिल्मले बक्स अफिसमा २५० करोडको आँकडा पार गरिसकेको छ ।

‘तान्हाजी’ले मुम्बई क्षेत्रमा  ‘टाइगर जिन्दा हे’ले बनाएको रेकर्ड तोड्न सफल भएको हो ।

‘टाइगर जिन्दा हे’ले १०९ करोडको नेट कलेक्सन मुम्बईबाट मात्र गरेको थियो । ‘तान्हाजी’मा अजयका साथमा काजोल र सेफ अलि खानको मुख्य भूमिका छन ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...