१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


अमेरिकामा बालबालिका ओमिक्रोन संक्रमित


182
Shares

काठमाडौं । अमेरिकामा ओमिक्रोन भाइरसको संक्रमण बालबालिकामा पनि तीब्र बनेपछि चिकित्सकहरुले सचेत रहन भनेका छन् । क्यालिफोर्नियाका महामारी बिशेषज्ञ डा. एरिका पैनले क्यालिफोर्निया र न्युयोर्कका अस्पतालहरु ओमिक्रोन संक्रमित बालबालिकाले भरिन थालेको भन्दै यस्तो चेतावनी दिइका हनु ।

डा.पैनका अनुसार अस्पताल भर्ना भएका बालबालिका कोरोना खोप नलगाएकाहरु रहेकाले खोप नलगाएका अन्य बालबालिका पनि ओमिक्रोनको शिकार हुनसक्ने चेतावनी दिनुभएको छ । उहाँले बालबालिकालाई छिटो भन्दा छिटो खोप लगाउन पनि सरकारलाई अपिल गर्नुभएको छ ।

क्यालिफोर्निया र न्युयोर्कका ५ देखि ११ बर्ष उमेर समूहका बालबालिकाहरुमा खोकी लाग्ने, रुघा लाग्ने र ज्वरो आउने समस्या देखिएको छ । जुन ओमिक्रोन संक्रमणको लक्षण हो ।