दिशा पाटनी र आदित्यको ‘किसिङ सिन’: फिल्म भन्दा पोष्टरको धेरै चर्चा

news

काठमाडौं । बलिउड अभिनेत्री दिशा पाटनीको नयाँ फिल्म ‘मलंग’ ७ फेब्रअरीको प्रदर्शनमा आउँदैछ । रोमान्टिक मानिएको फिल्मको एउटा दृश्य भने निकै भाइरल भइरहेको छ ।

अभिनेता आदित्य रोय कपूरसँग दिशा पाटनीले दिएको ‘योगा किसङ’को पोष्टरले सर्वत्र चर्चा बटुलिरहेको छ ।

मोहित सुरीको निर्देशनमा बनेको फिल्ममा दिशासँगै अभिनेता आदित्य रोय कपूर, अनिल कपूर र कुणाल खेमुको प्रमुख भूमिका छ ।

फिल्ममा निकै बोल्ड र किसिङ सिन दिएकी उनले किस सिन दिँदा सहज नभएको बताएकी छन् । एक अन्तर्वार्तामा उनले भनेकी छन्– ‘मान्छेहरु किसिङ सिन गर्दा मज्जा आउँछ भन्ने सोच्छन् तर, त्यस्तो हुँदैन ।’

किस सिनलाई लिएर भैसकेको चर्चाप्रति आफूले चासो दिन छाडेको उनले बताएकी छन् । छोटो समयमा बलिउडमा स्थापित भएकी उनले परिवारबाट पनि कुनै आपत्ति प्रकट नभएको प्रतिक्रिया दिएकी छ ।

यता, आदित्यले दिशासँग गरेको किसिङबारे सामान्य प्रतिक्रिया दिएका छन् । ‘शारीरिक रुपमा यस्तो पोज दिनलाई मलाई भन्दा दिशालाई समस्या भएको थियो’, उनले भने–‘दिशा भारी थिइनन्, मैंले सहजै उठाउन सकें ।’(एजेन्सी) 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...