१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


स्याङ्जामा १६ महिने बालकको घाँटी रेटेर हत्या, ५ वर्षीया बालिका घाइते


29.822k
Shares

स्याङ्जा । जिल्लाको वालिङ्ग नगरपालिकामा १६ महिने बालकको घाँटी रेटेर हत्या भएको छ ।

वालिङ्ग नगरपालिका–१० भकुण्डेस्थित ठाडोलाइनमा डेरा गरी बस्ने रनमाया गुरुङ्गको १६ महिने छोरा साइमन गुरुङ्गकाे घाँटी रेटेर हत्या गरिएकाे प्रहरीले जनाएको छ ।

घाँटी रेटिएपछि उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र, वालिङ पुर्‍याइएकाेमा स्वास्थ्यकर्मीले उनलाई मृत घोषणा गरेका थिए ।

मृतकको दिदी ५ वर्षीया साइना गुरुङ्गको भने घाँटी र बायाँ हातको औंलामा चोट लागेको छ । उनको साेही स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

हत्या आरोपमा प्रहरीले पर्वत–५ पैंयुका ३३ वर्षीय जितेन्द्र गुरुङलाई पक्राउ गरेको छ ।

घटना कुन उदेश्यले र किन घटाइएको भन्नेबारे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।