अस्पतालमा सरकारले निःशुल्क उपलब्ध गराउने औषधीको अभाव

news

धनकुटा । धनकुटाको जिल्ला अस्पतालमा सरकारले निःशुल्क उपलब्ध गराउने औषधीको अभाव भएको छ ।

गत श्रावण महिनायता अस्पतालमा कुनैपनि औषधी आयात हुन सकेको छैन ।

केही महिनाअघि औषधीको अभाव भएपछि अस्पताल विकास समितिले अत्यावश्यक औषधी खरिद गरे पनि पुनः औषधी अभाव भएको हो ।

निःशुल्क पाइने ७० प्रकारका औषधीमध्ये अहिले पचास प्रकारका औषधी मात्र रहेको जिल्ला अस्पताल धनकुटाले जनाएको छ ।

औषधी थप नगरिए केही दिनपछि औषधीको चरम अभाव हुने अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. पुजन विश्वकर्माले जानकारी दिए ।

स्थानीय तह, जिल्ला स्वास्थ्य कार्यालय कसैले पनि औषधी नदिएको उनले बताए । अस्पतालमा दैनिक दुई सय बिरामी उपचारको लागि आउने गर्दछन् । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...