नेपाल ‘कोरोनाभाइरस’मुक्त देश, अफवाहको पछाडि नलाग्नोस् : स्वास्थ्यमन्त्री

news

पाल्पा, फागुन १ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नेपाल ‘कोरोनाभाइरस’मुक्त देश रहेको दाबी गरेका छन् ।

बिहीबार पाल्पामा आयोजित एक कार्यक्रममा उनले चीनमा रहेका कुनैपनि नेपालीलाई कोरोनाभाइरसको संक्रमण नरहेको दाबी गरे ।

रुघाखोकी लागेपनि कोरोना भएको हो कि भन्ने भ्रम फैलिएको भन्दै मन्त्री ढकालले त्यस्ता अफवाहको पछाडि नलाग्न आग्रह गरे ।

कोरोनाको आशंकामा १८ जना नेपालीको स्वास्थ्य परीक्षण गरेको तर उनीहरुमा संक्रमण नभेटिएको उनको भनाइ थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...