देशको अर्थतन्त्र सही ‘ट्रयाक’मा : अर्थमन्त्री

news

विराटनगर, फागुन २ । कृषि र औद्योगिक उत्पादनको बजारीकरण गर्ने उद्देश्यले विराटनगरमा शुक्रबारबाट ‘विराट एक्स्पो २०७६’ सुरु भएको छ ।

प्रदर्शनीको अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरे ।

अर्थमन्त्री खतिवडाले देशको समग्र आर्थिक सूचकहरु स्वस्थकर रही देशको अर्थतन्त्र सही ‘ट्रयाक’मा अगाडि बढेको बताए ।

उनले संघीयता कार्यान्वयन सफलतातर्फ उन्मुख भएको र छोटो समयमै वित्तीय संघीयताका विषयमा देखिएका अस्पष्टता ‘क्लियर’ भइ कार्यान्वयन हुन थालेको उल्लेख गरे ।

उनले जलविद्युत्, हवाई पूर्वाधारको क्षेत्रमा स्वदेशी तथा विदेशी लगानीकर्ताको तीन गुणभन्दा बढी लगानीको प्रतिबद्धता आएकोसमेत बताए ।

उनले स्वदेशी तथा विदेशी लगानीकर्तालाई ढुक्क भएर मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने गरी लगानी गर्नसमेत आश्वस्त पारे ।

९ दिनसम्म चल्ने प्रदर्शनीमा तीन लाख बढीले अवलोकन गरी करिब एक अर्बको कारोबार गर्ने लक्ष्य आयोजकको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...