नाबालकबाट बलात्कार, अभिभावकबाट क्षतिपूर्ति

news

काठमाडौं । सर्वोच्च अदालतले नाबालकले नाबालिकालाई बलात्कार गरे पीडकका बाबुआमाको सम्पतिबाट क्षतिपुर्ति भराउने नयाँ नजिर स्थापित गरेको छ ।

क्षतिपुर्तिका लागि पीडकका बाबुआमाका नाममा सम्पति नभए पीडित राहत कोष वा सरकाराट भराउनुपर्ने बाध्यकारी निर्णय सर्वोच्चमा छ ।

यस्तो बलात्कारमा उमेर नपुगेकै आधार देखाएर उन्मुक्ति दिन नसकिने फैसलामा उल्लेख छ । चितवन दिव्यनगरका १४ वर्षीय एक नाबालकले आठ वर्षीया नाबालिकालाई बलात्कार गरेको एक अभियोगमा अन्तिम निर्णय दिँदै सर्वोच्चबाट नयाँ नजिर स्थापित भएको हो ।

यो फैसलासँगै भविष्यमा नाबालकबाट नाबालिकामाथि हुने बलात्कारका मुद्दामा नयाँ मापदण्ड निर्धारण हुनेछ । २०६९ मंसिर ८ गते यी बालिका बलात्कारमा परेकी थिइन् । उनी दलित परिवारकी थिइन् ।

घटनापछि पीडित बालिकाका बाबुले सात कक्षामा पढ्दै गरेका बालक विक्रम महतोले जबर्जस्ती करणी गरेको भन्दै प्रहरीमो किटानी जाहेरी दिए । त्यसपछि मुद्दा जिल्ला, उच्च हुँदै सर्वोच्च अदालत पुगेको हो । अन्नपुर्ण पोष्ट दैनिकबाट ।

 

 

 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...