२५ करोड लागतमा हिलपार्क

news

नवलपरासी । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले हिलपार्क निर्माणकार्य तीव्र पारेको छ ।

हिलपार्कसहित ग्रीन पार्क निर्माणको अनुमानित लागत २५ करोड रुपैयाँ छ । उक्त लागत अनुमानको गुरुयोजनासहित नगरपालिकाले निर्माणको कामलाई अघि बढाएको हो ।

हिलपार्कलाई पर्यटकीय स्थलको रुपमासमेत विकास गर्नका लागि संरचनाहरु निर्माण भइरहेको नगरपालिकाले जनाएको छ ।

निर्माण कार्यअन्तर्गत हालसम्म शौचालय, खानेपानी र विद्युतीकरणको काम सम्पन्न भइसकेको छ । सडकको काम दुई महिनाभित्र सम्पन्न हुनेछ ।

नगरपालिकाले यसलाई गौरवको आयोजनाका रुपमा लिएको छ । १५ वर्षे गुरुयोजनासहित हिलपार्कको काम सुरु गरेपनि नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै पहिलो चरणको काम २०७७ बैशाखसम्म सम्पन्न हुने नगरप्रमुख भीमबहादुर थापाले जानकारी दिए ।

पार्कमा पुग्नका लागि स्थानीय र संघीय सरकारको डेढ करोड बजेटबाट सडक ग्राभेलको काम भइरहेको छ ।

संघ, प्रदेश, स्थानीय तह र निजी साझेदारीको सहयोगमा पार्क निर्माण पूरा गर्ने नगरपालिकाले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गको सुनवल चोकबाट ३ किलोमिटर दुरीमा रहेको पार्क पहाडी क्षेत्रमा छ ।

भारतको गोरखपुर नजिकको दुरीमा रहेकाले भारतीय पर्यटकहरुको आगमन बढी हुने नगरपालिकाले अपेक्षा लिएको छ । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...