७० करोड हैन लेखा समितिमा साढे पाँच अर्बको मुद्धा उठाएको छु : मिश्र (भिडियो सहित)

news

काठमाडौं, फागुन ९ । निवर्तमान संचारमन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रेस खरिदमा कमिसन डील गरेको अडियो सार्वजनिक गर्ने स्वीस कम्पनीका नेपालस्थित प्रतिनिधि विजयप्रकाश मिश्रमाथि प्रहरीले अनुसन्धान गर्ने भएको छ ।

सार्वजनिक लेखा समितिले उक्त प्रकरणमा मिश्र र सोही विषयमा समितिका सदस्यहरु समेत संलग्न रहेको भन्दै फेसबुकमा लेख्ने प्रभात किशोर उपाध्यायलाई कारबाही गर्न निर्देशन दिएकाले प्रहरीले अनुसन्धान गर्ने भएको हो ।

यसैबीच मिश्रले इमेज च्यानलसंग कुरा गर्दैै आफूले नै निवर्तमान संचारमन्त्री गोकुल बास्कोटासंगको अडियो बाहिर ल्याएको बताउनु भएको छ । उनले यो मुद्दा लेखासमितिमा परिसकेको अवस्थामा यही फागुन ११ गते बैठक बस्ने भनिएकामा अचानक फागुन ८ गतेलाई सारिएपछि कतै आफूले उठाएको मुद्दा लुकाउन खोजिएको त हैन भनेर अडियो सार्वजनिक गरेको दावी गरे ।

मिश्रले लेखा समितिले यो विषयमा अध्ययन गरिसकेकाले आवश्यक सहयोग आफूबाट राज्यलाई हुने पनि बताउनु भयो । मिश्रले रिपोर्ट तयार गर्दादेखि नै भ्रष्टाचारको गन्ध आएको भन्दै ९९.९ प्रतिशत भ्रष्टाचार भएको दावी गरे ।

त्यसलाई रोक्न आफूले अभियान चलाएको पनि मिश्रको भनाइ छ । संसदीय समितिले पक्राउ गर्न दिएको आदेशबारे मिश्रले लेखा समितिमा स्पष्ट धारणा राखिसकेको अवस्थामा पूर्वाग्रही भएर पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको आरोप लगाए ।

मिश्रले ७० करोडमात्र नभई साढे पाँच अर्बको भ्रष्टाचारको मुद्दा उठाएको र यसमा गोकुल बास्कोटासमेत संलग्न भएको भनेर जानकारी लेखा समितिलाई गराएको दावी गरे । आफू भूमिगत अवस्थामा नरहेको भन्दै मिश्रले आफूलाई कहीं कतै केही समस्या नपरेको बताए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...