‘नेपाल कुनैपनि अन्तर्राष्ट्रिय सैन्य गठबन्धनमा सहभागी हुँदैन’

news

काठमाडौं, फागुन १४ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कुनैपनि अन्तर्राष्ट्रिय सैन्य गठबन्धनमा सहभागी नहुने बताएका छन् ।

रक्षा मन्त्रालयको कार्यप्रगति विवरण सार्वजनिक गर्न बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले अमेरिकासँग ‘जीटुजी’ प्रक्रियाबाट किन्ने भनिएको हतियारमा मूल्यको कुरा नमिलेपछि हालका लागि रोकिएको बताए ।

मन्त्री पोखरेलले नेपाली सेनालाई शान्ति सेनामा पठाउन छुट्टै कार्यविधि बनाएको जानकारी दिँदै अब भनसुनका आधारमा शान्ति सेनामा पठाउने अवस्था अन्त्य हुने बताए ।

यस्तै, राष्ट्रिय सुरक्षा विश्वविद्यालय, ऐतिहासिक गढी र किल्लाहरुको संरक्षण र राष्ट्रिय सुरक्षा नीतिअन्तर्गत् रहेर सुरक्षासम्बन्धी सबै काम गर्ने योजना रहेको पनि उनले बताए ।

नेपाली सेनाको १० प्रतिशत सेना विदेशी मिसनमा भाग लिन पाउने र नेपाल अन्तर्राष्ट्रिय शैन्य खेलकुद परिषद्को सदस्य बनेकोलगायतका विवरण पनि सो अवसरमा पेस गरिएको थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...