१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


पाँचथरमा आँखा शिविरबाट २ सय १८ जनाको शल्यक्रिया


143
Shares

पाँचथर । पाँचथर जिल्लाकाे सदरमुकाम फिदिममा आयोजित निःशुल्क आँखा शिविरमा २ सय १८ जना बिरामीको शल्यक्रिया गरिएको छ ।

शल्यक्रियापछि उनीहरुले आँखा देख्न सक्नेसमेत भएका छन्। याे निःशुल्क आँखा शिविरमा १ हजार ४ सय ५७ जनाले सेवा समेत लिएका छन। फिदिम नगरपालिकाको आर्थिक सहयोगमा जनसेवा समाज पाँचथरले साे शिविरकाे आयोजना गरेको हाे।

शिविरमा अन्य १ हजार ४ सय ५७ जनाको आँखा परीक्षणसँगै औषधि र चश्मा वितरण गरिएको जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारीले बताउनुभयो । साे शिविर यही फागुन २४ गतेबाट २८ गते सम्म ५ दिने शिविर संचालन गरिएकोथियो ।

शिविरमा आएका अधिकांश बिरामीमा मोतिया विन्दु र खस्रेसँगै आँखा पोल्ने,चिलाउने र रातो हुने समस्या देखिएको मेची आँखा अस्पतालका डाक्टर पुरुषोत्तम जोशीले जानकारी दिनुभएकाे छ ।