पोखरामा लकडाउन प्रभावकारी

news

पोखरा । पोखरामा लकडाउन प्रभावकारी बन्दै गएको छ । लकडाउनको शुरुका दुई दिनका तुलनामा विहीबार बिहान यसको पालना गर्ने बढेको स्थानीय प्रशासनले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष रोकाले सडकमा पैदल हिड्ने क्रम पनि कम हुँदै गएको बताए ।

उनले सर्वसाधारणलाई स्वास्थ्यप्रति सचेत बन्दै गएको सरकारको अभियानमा सहयोग गर्न आग्रह गरे ।

जिल्ला प्रशासन कार्यालयले औषधि उपचार, खाद्यवस्तु खरिदलगायतका अत्यावश्यकीय काममा बाहेक कोही पनि व्यक्तिलाई घरबाट ननिस्कन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताए ।

लकडाउनको अवस्थामा दैनिक उपभोग्य वस्तु तरकारी, खाद्यान्न, पानी, दूध, विद्युत, औषधि र ग्यास तथा पेट्रोलियम पदार्थ बिक्रीवितरण अनिवार्य गर्न आग्रह गरिएको उनको भनाइ छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...