पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमितको उपचारका लागि १५ शय्या

news

काठमाडौं, चैत १३ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोनाभाइरस संक्रमितको उपचारका लागि १५ शय्याको कक्षको व्यवस्था गरेको छ ।

हालसम्म ६ शय्याको मात्र ‘आइसोलेसन’कक्ष रहेकोमा प्रतिष्ठानले बिरामीको संख्या बढ्दै गएको भन्दै १५ शय्या थप गरेको हो ।

आइसोलेनकक्षमा रहेका बिरामीलाई कोरोनाभाइरस संक्रमण देखियो भने उक्त कक्षमा राखेर उपचार गरिने अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले जानकारी दिए ।

६ ओटा आइसोलेनकक्षमा पनि कोरोनाभाइरस परीक्षण गराउन आएका र लक्षण देखिएका बिरामीलाई राखिने निर्देशक डा. शर्माले बताए ।

यस्तै, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अब कोरोना संक्रमितको पाटन अस्पतालबाट नै उपचार हुने जनाएपनि अस्पतालका निर्देशकले त्यसबारेमा कुनै प्रतिक्रिया दिएनन् ।

पहिला पनि टेकु अस्पतालले ‘रिफर’ गरेको बिरामीको परीक्षण गरेको र त्यसबारे आफूहरु तयारी अवस्थामा रहेको डा. शर्माले बताए ।

अस्पतालले चिकित्सकको व्यक्तिगत सुरक्षाका सामग्री आफैं पनि उत्पादन गरिरहेको र केही मन्त्रालयसँग माग गरेको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...