विराटनगरको नोबेल अस्पताललाई कोरोना उपचार केन्द्र बनाइने

news

विराटनगर, चैत १३ । विराटनगरको नोबेल शिक्षण अस्पताललाई कोरोना उपचार केन्द्र बनाइने भएको छ ।

अस्पतालका सञ्चालक डा. सुनिल शर्माले कोरोनाभाइरस संक्रमित बिरामीको उपचारका लागि अस्पताललाई कोरोना उपचार केन्द्र बनाइने बताए ।

निजी तथा सरकारी अस्पतालले अहिले ज्वरो आएका बिरामीलाई समेत उपचार गर्न नमानेर समस्या व्यहोर्नु परिरहेको छ ।

नोबेलमा ७१ ओटा भेन्टिलेटरसहित ७६४ शय्या छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...