नक्कली बम राख्ने तीनजना समातिए

news

ललितपुर, साउन २९ । प्रहरीले नक्कली बम राखेर नागरिकलाई झुक्याउने तीनलाई पक्राउ गरेको छ ।

पक्राउ परेका बन्दकर्तालाई प्रहरीले थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले बताए ।

जिल्लाका चार स्थानमा प्रेसरकुकरमा नक्कली बम राखेको उनले बताए ।

मंगलबार बिहान ग्वार्काे, ताल्छिखेल र बटुकभैरवमा नक्कली बम राखेको पाइएको थियो ।

दिउँसो कुपन्डोलमा नक्कली बमका कारण केहीबेर स्थानीयवासी त्रसित रहे । जिल्लामा बन्दको न्यून प्रभाव परेको थियो ।

उनले भने–‘सार्वजनिक सवारी केही कम भएपनि साझालगायतका यातायात सेवा नियमित रहे ।’

निजी सवारी–साधन चलेको र र पसल खुला नै रहेको प्रहरीले जनाएको छ । बन्दका कारण विद्यालय भने बन्द रहे । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...