१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


मेलिना र मोहितवंशको ‘भटक भटक’मा नाजिर र आश्मा


4.667k
Shares

काठमाडौँ । हास्यअभिनेता हरिवंश आचार्यका सुपुत्र मोहितवंश आचार्यको नयाँ गीत सार्वजनिक भएको छ ।

‘भटक भटक’ बोलको गीतमा गायिका मेलिना राइले उनलाई साथ दिएकी छन् । दीपक शर्माको संगीत रहेको गीतमा श्यामस्वेत रसाइलीको एरेन्ज छ ।

डान्सिङ फ्लेबरको गीतमा अभिनेता नाजिर हुसेन र मोडल आश्मा विश्वकर्माले एकसाथ कम्मर मर्काएका छन् ।

विक्रम स्वारले निर्देशन गरेको भिडियोलाई नवराज उप्रेतीले छायांकन गर्दा सम्पादनको जिम्मेवारी भुपेन्द्र अधिकारीले सम्हालेका छन् ।

सरोज ओलीले रचना गरेको गीत यसअघि रुचाइएको ‘ए है माया’ गीतको दोश्रो संस्करण हो । जसलाई युटुयुबमा तीन करोडभन्दा धेरैपटक हेरिसकिएको छ ।

दर्शकले ‘ए है माया’ गीतलाई जस्तै रुचाउने गीतकार ओली विश्वस्त छन् ।