खुकुरी प्रहार गरी छोरा र भाइको हत्या

news

रुकुम, साउन ३० । रुकुम पश्चिमको मुसिकोटका एक व्यक्तिले खुकुरी प्रहार गरेर छोरा र भाइको हत्या गरेका छन् ।

मुसिकोट नगरपालिका–१४ लोरिवाङका ३६ वर्षीय शंकर विष्टले ६ वर्षीय छोरा सुदर्शन र २० वर्षीय भाइ गोकर्णको हत्या गरेको प्रहरीले जनाएको छ ।

बाबुको आक्रमणबाट उनका अरु दुई छोरा घाइते भएका छन् । छोरा र भाइको हत्या गरेपछि शंकर आफूले पनि आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ । उनले आफूमाथि नै खुकुरी प्रहार गरेर आत्महत्याको प्रयास गरेका थिए ।

श्रीमती पानी लिन गएका बेला शंकरले आक्रमण गरेको बताइएको छ । घाइते छोराहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आक्रमण गर्ने शंकरको मानसिक अवस्था ठीक नरहेको प्रहरीले जनाएको छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...