१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


एसईईको परीक्षाफल नेपाल टेलिकमबाट हेर्न सकिने


1.664k
Shares

काठमाडौं । नेपाल टेलिकमले एसईई परीक्षाको परीक्षाफल प्राप्त गर्न विभिन्न माध्यमबाट व्यवस्था गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीबाट प्रकाशित हुने परीक्षाको परीक्षाफल कल गरेर, एसएमएस तथा वेबसाइटबाट प्राप्त गर्न सकिने टेलिकमका प्रवक्ता शोभन अधिकारीेले जानकारी दिनुभयो ।

नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइल र सीडीएमएबाट १६०० डायल गरी प्राप्त निर्देशन पालना गरेर नतिजा थाहा पाउन सकिने उहाँले बताउनुभयो ।

यस्तै, मोबाइलको म्यासेज बक्समा अंग्रेजीमा SEE लेखेर एक स्पेश छाडी अल्फाबेट सहितको सिम्बल नम्बर टाइप गरी १६०० मा पठाएर पनि नतिजा थाहा पाउन सकिनेछ ।

साथै नेपाल टेलिकमको वेबसाइट https://see.ntc.net.np/ मार्फत मार्कसिट सहितको नतिजा प्राप्त गर्न सकिनेछ । जसका लागि सिम्बोल नम्बर र जन्ममिति सही हुनुपर्नेछ ।

कम्पनीले उपलब्ध गराएको नतिजा जानकारीको लागि मात्र भएको र प्रामाणिक विवरण सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयको अभिलेखमा हुने प्रवक्ता अधिकारीले बताउनुभयो ।

परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरे पश्चात् परीक्षाफल हेर्न सकिने छ ।

नतिजा बुधवार वा बिहीबारसम्ममा प्रकाशित हुने परीक्षा नियन्त्रण कार्यालयले यसअघि नै जानकारी गराइसकेको छ ।