सायारेम्मा

news

-लाओस राई 

केही महिना अघि पुरानो साथीहरु (कलिकहरु)संग एक कार्यक्रममा भेटभयो । साथीहरु राजनीतिक फड्को हान्दै वडा, गाऊँ, नगर, महानगर, प्रदेशदेखि संघीय संसदको समेत हैसियत बनाई सकेकाले होला निकै चिल्ला र सफाचट देखिन्थे । आन्दोलनको सहकर्मी हुनाले बर्तमान राजनीतिक विषयमा लामो छलफल र वहस गर्‍यौं, जति आन्दोलनको योजना बनाउने बखत गर्दथ्यौं । त्यस्तो खाले भेटघाट पहिलो पटक भने भएको होइन । समय मिलाएर एक डेढ महिनाको अन्तरमा कुनै न कुनै विषयमा छलफल बहस भई रहन्थ्यो । तर यस पटक भने छलफलको विषय थियो ‘उत्ताउलो राष्ट्रबाद र राजनीतिक आन्दोलन’, सबै खाले बिचारको प्रतिनिधित्व गर्ने मित्रहरु भएपनि कम्युनिष्ट, बामपन्थी र लोकतान्त्रिक विचार राख्न्ने दौंतरीहरुको राम्रै उपस्थिति थियो ।

प्रतिगमन बिरुद्धको आन्दोलनमा नेतृत्वमा रही शसक्त भूमिकामा रहेका मित्रहरु चतुर भएर होला बहस अत्यन्तै घनिभूत भयो । विषय अनुसार गरुङ्गो बिचार आयो । खासगरी राष्ट्र, राष्ट्रबाद र राष्ट्रप्रेम जस्ता महत्वपुर्ण धारणा आजसम्म पनि अल्लारे ठिटाको आशक्तीपूर्ण कुरकुरे बैंस जस्तै भयो भन्ने निष्कर्षमा पुग्यौं । साथसाथै अर्को पनि  निष्कर्ष निकाल्यौं । नयाँ पिंडीलाई राष्ट्रबादी र राष्ट्रप्रेम दुवै हुन जरुरी छ भन्ने पनि । दुई निष्कर्ष सहित भेटघाट सकियो । अन्त्यमा यो पनि  भनियो–देशको ‘सायारेम्मा’, ‘सायाचोङ्मा’, ‘सायापोंमा’, ‘छ्यं ल्यहनेभुँ’, ‘माङ्गेना’, ‘मितालु सोक्ति’ गर्न जरुरि छ । यी  भनाईहरु विभिन्न भाषाका भए पनि अर्थ एउटै हुन्छ ‘शिर उठाउनु वा शिर जगाउनु’ केही नगरी बस्नु युवाको बिशेषता होइन । त्यसैले देशको शिर जगाउनु वा उठाउनु पनि युवाकै हातमा छ । राष्ट्रबादी भावना सहितको तन्दुरुस्त युवा चाहिन्छ लगायत ।

सामान्यतया राष्ट्रबाद भनेको जनताले देश र राष्ट्रप्रति सम्मानपूर्ण रुपले गरिने भावनात्मक समर्पण हो । जसको निम्ती जनता सहजै मर्न तयार  हुन्छन् । यो राष्ट्रप्रति गरिने भावनात्मक एकता भन्दा अझै प्रष्ट हुन्छ । राष्ट्रबादसंग सम्बन्धित एक प्रसङ्ग उल्लेख गर्दा थप प्रष्ट हुन सहज हुन्छ । राष्टबाद र देश प्रेमको बारेमा चर्चा गरिरहँदा एक अन्तर्राष्ट्रिय मन्चमा फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोले ‘राष्ट्रबाद र राष्ट्रप्रेम फरक कुरा हो, बढ्ता राष्ट्रबाद देशको निम्ती घातक हुनसक्छ, किनकी राष्ट्रबाद एक राजनीतिक बिचारबाट उत्पन्न हुने निरपेक्ष बिचार हो । जसले सिङगो देश र जनताको समग्र भावना समेटिएको हुँदैन । त्यो समय अनुसार परिवर्तन हुने बैचारिक र सैद्धान्तिक पक्षसंग सम्बन्धित कुरा हो । बढ्ता राष्ट्रबादले देशलाई क्षति गर्छ । तर देशप्रेम भनेको समग्र जनताको भावनात्मक सम्बन्ध हो । जसले सिंगो देशबासीलाई एउटी मालामा उन्ने काम गर्दछ । त्यसकारण राष्ट्रबादी भन्दा देशप्रेमी हुनु आब्हान गर्दछु ।’ यी भनाई तात्कालिन समयमा देशभित्र भइरहेको दक्षिणपन्थी र उग्रबामपन्थी शक्तिको संयुक्त आन्दोलन र आन्दोलन गर्न मद्दत गर्ने राष्ट्रिय तथा अन्तरौष्ट्रिय शक्तिहरुलाई ब्यङ्ग गर्दै सम्झाएको प्रसङ्ग थियो ।

म्याक्रो बिचारसंग सहमत जनाउंदै नेपालमा कुन पार्टी कति राष्ट्रबादी वा राष्ट्रप्रेमी र कुन पार्टीले देशको सायारेम्मा गर्‍यो भन्ने बिषयमा चर्चा गर्न आवश्यक छ । कांग्रेस, कम्युनिष्ट, दक्षिणपन्थीले भन्ने गरेको राष्ट्रवाद र शाह वंश, राणाहरुले भन्ने गरेको राष्ट्रबाद र  देशको सायारेम्मालाई मूल्याकंन गर्नु जरुरी छ । पहिलो कुरा  राणाले निरंकुशता लादेर उनीहरुको परिवारले मात्र देशको रक्षा गरेको हो भन्ने भ्रम छर्दथ्यो । राष्ट्रवादी उनीहरुनै हो भन्थे । भन्दा राष्ट्रबादी भनेपनि यथार्थमा उनीहरुको नाजीबादी थिए । उनीहरुको राष्ट्रवादी वहाना पारिवारिक राष्ट्रबादा मात्र थियो । त्यसैले उनीहरुको शासानकालमा परिवारको सायारेम्मा थियो । किनकी जनताको कुनै हैसियत नै नहुनु त्यसको प्रमाण हो ।

दोस्रो, पंचायती राष्ट्रवादले जनताको बिचारलाई अराष्ट्रिय तत्व भनेपछी राष्ट्रवादको बारेमा एकता भएको देखिएन । त्यस्तो राष्ट्रवादले जनताको तायारेम्मा गर्ने कुरै भएन । पहिले देखि सत्ता,र शासकले भन्ने राष्ट्रबाद र जनताले भन्ने राष्ट्रबादमा नै फरक फरक दृष्टिकोण हुन गएपछी राष्ट्रवादलाई खण्डीकरण गर्ने गल्ती गरेका थिए भनि भनिरहनु पर्दैन । यसरी खण्डित बिचारले निर्मित राष्ट्रबाद कमजोर नहुने त कुरै भएन । जसले गर्दा राष्ट्र कमजोर हुनु पुग्यो । त्यसको मुख्य कारण भनेको वंशबादी राष्ट्रबादा(राजतन्त्रिया राष्ट्रबादी सोच) र पारिवारिक राष्ट्रवादा) राणा परिवारको राष्ट्रवादी दृष्ट्रिकोण हो ।

जनता र दलको राष्ट्रवाद- विशेषत दल वा पार्टीहरुले पनि राष्ट्रवादलाई आफ्नो राजनीतिक बिजय पराजयसंग परिभाषित गर्दै राष्ट्रवादको प्रचार प्रसार गर्ने गरेकाले राष्ट्रप्रतिको माया, प्रेम र सम्मान जस्तो संबेदनशील र महत्वपूर्ण पक्षमा खासै नौलो अनुभुती दिन सकेको देखिएन । परिवर्तन भयो त केवल शाह वंशीय राजा र राणाहरुको स्थानमा नेताहरु पुगे जसले  राष्ट्रबादलालाई पुरानै अवस्थामा पुर्‍याए ।

ब्यक्तिको भावना मात्रै होइन यहाँ त कांग्रेस, कम्युनिष्ट र अन्य नवगठित पार्टीहरुको पनि राष्ट्रप्रेम जस्तो सम्मानपूर्ण भावनामा समेत एक भएको देखिएन । एक मत नहुनको मुख्य कारण भनेको पहिलो सत्तालिप्सा र दोस्रो सैद्धान्तिक द्वन्द्धलाई भन्न सकिन्छ । जस्तो कि कांग्रेसले सम्पुर्ण नेपाली जनताको स्वतन्त्रता  र स्वतन्त्र अस्तित्वको पक्षलाई र देशको सम्पुर्ण भूगोल प्रतिको अमित प्रेम सम्बन्धलाई राष्ट्रवाद र ति सबैको संगठित एकताले देशको सायारेम्मा गर्छ भनेका छन् । नेकपा र कम्युनिष्ट पार्टीहरुले पनि सम्पूर्ण जनताका साथै उत्पीडत, पिछडा, र श्रमजीवी वर्ग जस्ता वर्गको  मुक्तिसंग जोडेर राष्ट्रवादको मर्मलाई वर्गीय संरचनासंग जोडेका छन । जसले गर्दा समाजमा बर्गीय द्वन्द्ध समेत भयो । त्यसैगरी नवगठित पार्टीहरुले जनजातीय संस्कार सस्कृतिको पक्षलाई पनि राष्ट्रवादसंग जोड्दा  मात्र एकता हुन्छ र दायरा फराकिलो हुन्छ । त्यसले  र त्यसले मात्र राष्ट्र र राष्ट्रिय भावना बलियो हुन्छ देशको सायारेम्मा गर्छ । अन्यथा त्यो खोक्रो राष्ट्रवाद हो भन्दैछन् ।

अर्को कुरा धार्मिक समुदायले पनि आफ्नो कुरा राखिरहेका छन् । जसलाई हिन्दुवादी राष्ट्रवाद भनिन्छ । अहिले अस्तित्वमा रहेका राष्ट्रवादी बिचारहरु जस्तो  वंशबादी राष्ट्रवाद, परिवारबादी राष्ट्रवाद, दलीय राष्ट्रवाद ,हिन्दुबादी राष्ट्रबाद, जनजातीय राष्ट्रवादहरु नै हुन् । तर ति विचारहरुले देशलाई एउटै मालामा उन्न सक्यो कि सकेन ? भावनात्मक एकता कायम गर्न सक्यो कि सकेन ? एकता भए अझै मजबुद गर्न के गर्ने ? र एक नभएको भए के गर्ने बिषयमा केन्द्रित हुन छोडी सबै व्यक्तिगत स्वर्थमा लिप्त भएपछी सत्रु जुर्मुराउनुलाई अन्यथा मान्नु हुँदैन ।

युद्दको नियम नै दुर्बल अवस्था पहिचान गर्ने र हान्ने हुन्छ । अर्को कुरा राष्ट्रप्रति गरिने माया, प्रेम र सद्भाव जस्तो मानवीय भावनामा पनि खण्डित हुनु, राष्ट्रिय भावनामा एकता नदेखिनु, कमजोर अवस्थाको प्रमाण हो । राष्ट्रको सायारेम्मा जस्तो बिषयलाई राजनीतिकरण गरिरहँदा र राजनीतिक अस्थिरताले राष्ट्रबादी विचार र धारणालाई कमजोर बनाउँछ । त्यसकारण त्यसको अन्त्य गर्नुपर्छ । त्यसैले राजनीतक स्थायित्व सहितको सिंगो देश र जनताको भावनात्मक एकता  र मजबुद अक्षुर्ण राष्ट्रिय भावना निर्मण गर्नु आजको आबश्यकता हो । तर सबै कुरा छर्लंग हुँदाहुँदै पनि अनेक प्रकारले भैरहेका राजनीतिक आन्दोलन र परिवर्तनले  राष्ट्रवादी भावनालाई बलियो बनाउनुको सट्टा कमजोर बनाउँदै लग्यो । पार्टी, नेता र सत्ता अस्थिरता चाहाने शक्ति हरुको कठपुतली बन्दै गयो  । नेता नेता नभएर निमित्त पात्र मात्र हुनु र अल्लारे ठिटा झैँ  देखियो ।

मानौं की पंलासको फूलमा बास्ना नरहेको जस्तै नेताहरुमा देशप्रेमको भावना छाड्दै गए । यिनै कमजोरीका कारणले राष्ट्रवादी भावना कमजोर बन्दै गयो । यसर्थ राष्ट्रवादी भावना मजबुद बनाउनु हरेक नेपालीको मनमा राष्ट्रप्रेमको बिज जगाउनु पर्यो । त्यो बिचार न कांग्रेस स्कुलको राष्ट्रबादी बिचार होस न कम्युनिष्ट स्कुल बाट उत्पादित राष्ट्रवादी दी धारणा होस । होओस त केवल सबै  नेपालीहरुको सामुहिक प्रेम पूर्ण समर्पण सहितको भावना, त्यसले देशलाई अखण्ड र अक्षुर्ण बनाउनु सक्छ त्यसले देशको सिर सायारेम्मा गर्दछ, सबै नेपालीको सान सायाचोङ्मा, गर्दछ । त्यसले मात्र सिगो राष्ट्रको शिर उँचो हुन्छ । राष्ट्रवादको बारेमा सि.जे.हेयक भन्छन् –राष्ट्रबाद राष्ट्रप्रतिको लगाव हो जो व्यक्तिगत हित भन्दा धेरै माथि हुन्छ । त्यसले सधै त्यो सायारेम्मा छ । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...