रामग्राम नगरपालिकामा कोरोना संक्रमितको गाउँ ‘सिल’

news

नवलपरासी, जेठ ९ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा कोरोना संक्रमित पाइएपछि संक्रमितको बस्ने गाउँ ‘सिल’ गरिएको छ ।

नगर क्षेत्रमा सर्वसाधारणको आवत–जावतमा कडाइ गरिएको छ ।

संक्रमित चारजनाको परिवारलाई ‘क्वारेन्टाइन’मा पठाइएको नगरप्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिए ।

शुक्रबार बसेको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले वडा नम्बर–१८ की किशोरीको गाउँ पम्फापुर र नजिकैको अर्को गाउँ कोटिहवा डाँडालाई सिल गर्ने निर्णय गरेको हो ।

भारतको राजापुरमा आफन्तको घरबाट फर्केकी किशोरी क्वारेन्टाइनमा नगइ आफ्नो घर गएकी थिइन् ।

दुवै स्थानीय तहका सर्वसाधारणलाई घरबाहिर ननिस्कन र खुलेका बैंक तथा वित्तीय संस्था सात दिनका लागि बन्द गर्ने निर्णय गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताए । 

शुक्रबार नगरपालिकाको वडा नम्बर–३, घोडपालीकाका ३३ वर्षीय पुरुष, वडा नम्बर–१८, पम्फापुरकी १५ वर्षीया किशोरी र सुस्ता गाउँपालिका–५ का ३५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । जिल्लामा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...