निजी क्षेत्रका श्रमीकको समस्यामा गम्भिर हुन आग्रह

news

काठमाडौं, जेठ ९ । निजी क्षेत्रका कर्मचारी, श्रमीकले तलब नपाएको प्रति सरकारको ध्यानाकर्षण गराइएको छ ।

मानव संसाधन समाज नेपालले विगत ६० दिन देखि नेपालमा चलिरहेको लकडाउन र यसले निजी क्षेत्रका श्रमीकहरु मारमा परेको प्रति ध्यानाकर्षण गरेको हो ।

यस विषयमा सबैलाईृ स्वीकार्य हुने गरी मध्येमार्गि बाटोबाट समस्याको समाधान निकाल्न संस्थाले नेपाल सरकार लगायत सरोकार वाला संघ संस्थाहरु सँग जोडदार माग गरेको छ ।

आर्थिक प्याकेज र श्रमीकका तलब सुविधा लगायतका सन्दर्भमा युरोप, अमेरीका, चीन र सार्क देशहरुले गरेका अभ्यासहरुको पनि अध्ययन गरि निचोड निकाल्न उसले सुझाएको छ ।

सरकारले आ.व.२०६६÷६७ देखि नियमित रुपमा आयकर नलाग्ने आम्दानीमा पनि १ प्रतिशतको दरले सामाजिक सुरक्षा कर उठाएको छ ।

जसमा लगभग ३३ अर्व ४० करोड रुपैया जम्मा भैसकेको छ ।

यस्तै, सरकारद्वारा स्थापित राष्ट्रिय स्तरको कल्याणकारी कोषमा प्रतिष्ठानहरुबाट जम्मा गर्नुपर्ने कानूनी ब्यवस्था अनुरुप २५ अर्व रुपैया भन्दा बढी रकम जम्मा भई सकेको छ ।

यसरी दुबै तर्फ गरेर ६० अर्व रुपैयाँ भन्दा बढी रकम सरकारी कोषमा जम्मा हुँदा पनि श्रमिकले रोजगारी र तलब गुमाउँदा सरकारले बेवास्ता गरेको अनुभुति श्रमिक वर्गमा भएको उसले जनाएको छ । राष्ट्रको यस्तै विषम परिस्थितिमा श्रमिकका लागि यसको सदुपयोग हुनु पर्नेमा संस्थाले जोड दिएको छ । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...