काठमाडौंको ग्रान्डी अस्पतालमा कोरोना संक्रमित भेटिएपछि अस्पताल सिल गर्ने तयारी

news

काठमाडौं । काठमाडौंमा शनिबार बिहान कोरोना संक्रमण पुष्टि भएका व्यक्ति धापासीस्थित ग्रान्डी अस्पतालमा उपचाररत बिरामी भएको खुलेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले संक्रमित ३५ वर्षीय पुरुष अस्पतालमै उपचार गराइरहेका व्यक्ति रहेको बताए ।

उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालको आइसोलेसनमा लगिएको छ ।

बिरामीमा कोरोना संक्रमण देखिएपछि ग्रान्डी अस्पताल सिल गर्ने तयारी गरिएको छ ।

संक्रमितको कन्ट्याक्ट ट्रेसिङका लागि इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाको टोली खटिएको छ ।

यता, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत एक महिलामा कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा आएका स्वास्थ्यकर्मी र कर्मचारीको पिसिआर परीक्षण हुने भएको छ ।

उनीहरुलाई क्वारेन्टाइनमा राख्ने तयारी भएको अस्पतालले जनाएको छ ।

जेठ चार गते अस्पताल भर्ना भएकी हेटौंडा उपमहानगरपालिका–४ हुप्रचौर घकी ५४ वर्षिया ती महिलामा हिजो कोरोना संक्रमण पुष्टि भएको हो । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...