बारामा बजार तथा उद्योगको समय निर्धारण

news

बारा, जेठ १० । बारा जिल्लामा बजार, उद्योग र निर्माणमा समय र मापदन्ड निर्धारण गरिएको छ ।

लामो समयसम्म बजार बन्द हुँदा व्यवसायीको दैनिक गुजारामा समस्या परेको भन्दै उद्योग वाणिज्य संघ, किराना व्यापार संघ र स्थानीय प्रशासनको समन्वयमा व्यवसाय सञ्चालन गर्न मापदन्ड तोकिएको हो ।

बिहान दूध, ग्यास र कृषि उत्पादन तथा दिउँसो खाद्यान्न बिक्री गर्न दिने अनुमतिसँगै बजार खुल्दै जान थालेको छ ।

जिल्लाका मुख्य बजार कलैया, सिमरा, जितपुर, निजगढलगायत बजारका खाद्यान्न, कस्मेटिक, हार्डवेयर, स्टेसनरी, कपडा पसलहरु खुल्न थालेका छन् ।

प्रशासनले सामाजिक दूरी कायम गर्न कडा निर्देशन जारी गरेको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...