पाकिस्तानी विमानका जिवित यात्रीको बयानः ‘होशमा आउँदा आगोको लप्का र चिच्याहट मात्र सुँने’

news
Picture: Dailymail

एजेन्सी, जेठ १० । पाकिस्तानको कराची शहरमा शुक्रवार भएको विमान दुर्घटनाका जिवित एक व्यक्तिले दुर्घटनालगत्तै आफू होशमा आउँदा वरिपरी आगोबाहेक केही नदेखेको बताएका छन् ।

मृत्युको मुखबाट भाग्यवश बचेका उनले त्रासदीपूर्ण उक्त अग्निपरीक्षाको वर्णन गर्दै भने, ‘मैले कोलाहल, रुवाबासी र चिच्याहट मात्र सुँने ।’

पाकिस्तान इन्टरनेशनल एयरलायन्सको एयरबस ए ३२० विमान शुक्रवार कराँची विमानस्थलनजिक आवासीय क्षेत्रमा खस्दा बाँचेका दुई मध्ये एक यात्री मुहम्मद जुबैरले भने, ‘विमानले एक पटक अवतरणको कोशिश गरेको थियो । तर त्यसको १०/१५ मिनेटमै दुर्घटना भैहाल्यो ।’

अस्पतालमा उपचाररत जुबैरले भने, ‘विमान दुर्घटना होला भन्ने कसैलाई पनि पत्तो नै थिएन । विमानलाई सहज ढंगले उडाई रहेका थिए ।’

दुर्घटनालगत्तै बेहोश भएका उनमा जब होश आयो त्यहाँ उनले चारैदिशामा कोलाहल र चिच्याहट मात्र सुनेको बताए । उनले भने, ‘मैले सबैतिर चिच्याहट मात्र सुँने । बच्चा र वयस्क सबैको चित्कार । मैले जताततै आगोका लप्का मात्र देँखे । कहिँकतै कुनै मानिस देखिँन । सुँने त मात्र उनीहरुको रुवावासी र चित्कार ।’

दर्दनाक क्षणको वर्णन गर्दै उनी भन्छन्, ‘मैले आफ्नो कम्मरपेटी खोले । अलिकती उज्यालो देंखे र प्रकाश आइरहेको दिशातर्फ गएँ । सुरक्षित हुनका लागि म १० फिट जतिको गहिरो ठाउँमा फालहाले ।’

आश्चर्यको घटनाचाहिँ ९७ जना यात्री जलेर मृत्यु हुँदा जुबैरमा सामान्य चोट मात्र देखिएको छ । जिवित अर्का यात्री भने बैंक अफ पञ्जाबका अध्यक्ष जाफर मसूद रहेको प्रान्तीय सरकारका प्रवक्ताले बताएका छन् । दुबै जना विमानको अगाडी बसेका थिए । घटनामा एक टीभी पत्रकार पनि परेका छन् ।

दुर्घटनामा ९७ जनाको मृत्यु भएको थियो भने दुई जनाको जिवितै उद्धार गरिएको थियो । दुर्घटनाको कारण अझै पत्ता लाग्न नसकेको उक्त घटनामा पाइलटले अवतरणको प्रयास गर्दा प्राविधिक खराबी आएको कन्ट्रोल टावरलाई बताएका थिए । अर्को संवादमा आपतकालीन अवतरणका लागि प्रयोग गरिने मेयड शब्द प्रयोग गरिएको थियो ।

पाकिस्तानी समाचारहरुमा आएको एयर ट्राफिक कन्ट्रोल र पाइलटबीच भएको कुराकानीअनुसार पाइलटले विमानको इञ्जिनले काम नगरेको बताएका थिए । एयर ट्राफिक कन्ट्रोलरले भने के तिमी ‘बेली ल्याण्डिग’ गर्न जाँदैछौं ? भनेर सोधेका थिए । पाइलटले त्यही बेला ‘मेयडे, मेयडे, मेयडे’ भन्ने जवाफ दिएको उक्त अडियोमा सुनिन्छ ।

कोरोना भाइरसका कारण रोकिएको विमान सेवा सरकारले देशभित्र उडान अनुमति दिएको लगत्तै अर्को दिन यो दुर्घटना भएको हो । विमानस्थलबाटै एकदमै नजिकको कोलोनीमा पुग्दा दुर्घटना भएको सिसी टिभी दृष्यमा देखिन्छ । दुर्घटनाको खास कारण पत्ता लाग्न ब्ल्याक बक्स फेला पार्नुपर्ने बताइएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...