१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


‘बाबरी’ पछि अदिती र धिरजले फेरि अर्को फिल्ममा काम गर्दै


1.885k
Shares

काठमाडौं । अभिनेत्री अदिती बुढाथोकी र अभिनेता धिरज मगर अभिनित फिल्म ‘बाबरी’ रिलिज हुने तयारीमा छ ।

फिल्म रिलिज हुनु अगावै अदिती र धिरजले फेरि अर्को फिल्ममा काम गर्ने भएका छन् । ‘बाबरी’ फिल्मकी निर्माता पुष्पलता बुढाथोकी (अदितीकी आमा) ले बुवाको मुख हेर्ने दिनको अवसरमा नयाँ फिल्मको घोषणा गरेकी हुन् । उनले नयाँ फिल्मको घोषणा गर्दै मुख्य भूमिकामा अदिती र धिरज रहने जानकारी दिएकी हुन् ।

नयाँ फिल्मको कथा लेखनको काम भइरहेको र चाँडै फिल्मको नाम घोषणा गर्ने उनले बताएकी छन् । उक्त अनटाइटल फिल्मको लागि निर्देशक पनि फाइनल भएका छैनन् भने आगामी फागुनदेखि फिल्मको छायांकन सुरु हुने निर्माता पुष्पलताले जानकारी दिएकी छन् ।

आगामी असोज १४ गते फिल्म ‘बाबरी’ रिलिज हुने भएको छ । फिल्मको गीत र ट्रेलरमा अदिती र धिरजको जोडीलाई दर्शकले मन पराएका छन् ।

उक्त फिल्म मार्फत अदिती र धिरजले पहिले पटक सँगै काम गरेका हुन् ।