
एजेन्सी । भारतीय फिल्म निर्देशक एवं निर्माता सुनील दर्शनले अभिनेता सनी देओलमाथि गम्भीर आरोप लगाएका छन् ।
सनीले आफ्नो करियरमा हिट फिल्म दिएका छन् । सनीले धेरै निर्देशकहरूसँग काम गरेका छन्, जसमध्ये सुनिलसँग पनि फिल्ममा काम गरेका छन् । ‘इन्तकाम’, ‘लुटेरे’ र ‘अजय’ जस्ता फिल्ममा सँगै काम गरेका उनीहरूले त्यसपछि सँगै काम गरेनन् ।
हालै सुनीलले भारतीय सञ्चार माध्यमसँगको एक अन्तर्वार्तामा सनीसँगको मतभेदको कारण खुलाएका छन् र उनीमाथि गम्भीर आरोप पनि लगाएका छन् । सन् १९९६ मा सनी र सुनिलले फिल्म ‘अजय’ मा सँगै काम गरे । त्यही समयमा दुवैबीच मनमुटाव भएको थियो । यसपछि उनीहरुको सम्बन्ध बिग्रदै गयो ।उनीहरुबीच केही लेनदेनको कुरा पनि थियो ।
अन्तर्वार्ताका क्रममा सुनीलले भनेका छन्, ‘सनी देओलमा धेरै घमण्ड छ । २६ वर्ष बितिसक्दा पनि म उनीसँग कानुनी लडाइँमा छु । सुरुमा उनले मेरो पैसा फिर्ता गर्ने वाचा गरे तर, पछि पैसा नभएको भन्दै सँगै फिल्म गर्ने बताए । यो मुद्दा देशका सेवानिवृत्त प्रधानन्यायाधीश समक्ष राखिएको थियो ।’
सनीले फिल्मको छायांकन मिति सार्दै जाँदा सम्झौताको म्याद सकिएको र त्यसपछि वकिलहरूले सनीलाई पत्राचार गर्दा उनको कानूनी टोलीले सनीलाई फिल्मको संवाद मन नपरेको बताए। फिल्ममा धेरै पैसा र समय खर्च भएको सुनिल बताउछन् । उनी भन्छन्,’सनीले मलाई लामो समयसम्म यो झगडामा ताने। जुन अहिले सम्म जारी छ ।’
सुनिलले सन् १९९६ मा फिल्म ‘अजय’ सनीले अधूरो छोडेको आरोप लगाएका छन् । पछि सनीले फिल्मको बाँकी छायांकन गर्न अस्वीकार गरेपछि सुनिलले फिल्मको अन्तिम भाग छायांकन नगरी रिलिज गरेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्