
काठमाडौं । काठमाडौं प्रहरीले चोरी डकैतीमा संलग्न १५ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । कपरिसरले आज पत्रकार सम्मेलन गर्दै काठमाडौं जिल्लामा चोरी डकैतीका दुई घटनामा संलग्न गिरोहका सदस्यलाई सार्वजनिक गरेको हो ।
कार्तिक २८ गते काठमाडौं महानगरपालिका वडा नं. ३ वसुन्धरास्थित मधुरविक्रम खनालको घरमा डकैती गरी भागेका १० जनालाई प्रहरीले पक्राउ गरेको हाे ।
उनीहरुलाई प्रहरीले कार्तिक ३० गते दोलखा र उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।
उनीहरुको साथबाट सुनको गिलास देखि विभिन्न गहना, हिरा जस्ता देखिने धातु जडित हार, घटनामा प्रयोग भएका हतौडा, चक्कु, २ लाख बढी नगदलगायत बरामद गरिएको प्रहरीले जनाएको छ ।
यसै गरी, काठमाडौं नरदेवीस्थित सुन पसलबाट सुनका गहना लुटी भाग्ने ५ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट घटनामा देखाइएको पेस्तोल , म्याग्जिन, गोली, गालेको सुन, दुई मोटरसाइकल, जर्सी र ज्याकेटसहितको प्रहरी पोशाक र लागू औषध समेत बरामद गरिएको छ । पक्राउ परेका उनीहरुलाई चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्