
काठमाडौं । अभिनेत्री केकी अधिकारी चलचित्र ‘जय हो’ मा अनुबन्धित भएकी छन् ।
चलचित्रका प्रस्तुतकर्ता शोभित बस्नेतले आफ्नाे जन्मदिनको अवसरमा आइतबार अधिकारीसँग लिखित सहमति गरेका हुन् । चलचित्रको प्रस्तुतकर्ता बस्नेतले आफ्नाे जन्मदिनको अवसरमा आइतबार अधिकारीसँग लिखित सहमति गरेको सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका थिए ।
चलचिका प्रमुख कलाकारमा अर्पण थापा, सलोन बस्नेत र माओत्से गुरुङ यसअघि नै तय भइसकेका छन् । टेक पौरखी राईले निर्देशन गर्ने याे चलचित्र पूर्ण मनोरञ्जनात्मक हुने जनाइएको छ ।
आगामी फागुन २५ गतेदेखि पोखरा र मुस्ताङमा छायांकन हुने चलचित्रलाई राज के अधिकारी र सुरज सरकारले निर्माण गर्दैछन् । सुरेश न्यौपानेको पटकथा रहेको चलचित्रले मुस्ताङको पर्यटन विकासमा टेवा पुग्ने आशा निर्माताले लिएका छन् ।
फिल्म सलोन सलिना ब्यानरमा निर्माण हुन लागेको हो ।
प्रतिक्रिया दिनुहोस्